बञ्चरेडाँडा क्षेत्रस्थित सुख्खा फोहोर बिक्रीका लागि पुनः बोलपत्र आह्वान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1604408602_2105619631kathmandu-metropolitan-city-office_DzdCzXMNvy_gi8zhav4ibubd6lfernjkaq0oafe1a27yvuoxfkewucmfxquek9zdpkujpxc_W6IV6sQfyN_zmajue4rq6clmhra3ux8zeozje10jran96txlr7uhrab9fx3enepj2vowxlq_n34WmkRNI9_gnyheosgu7b3cjxhx8es6f1cqm9hmtdq8wslae4jdwdxz2l2htd0do34jrux.jpeg)
काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा क्षेत्रमा विसर्जन हुँदै आएको सुख्खा फोहोर बिक्रीका लागि पुनः बोलपत्र आह्वान गरेको छ । बञ्चरेडाँडा पुगेको फोहोर वर्गीकरण गरी बिक्रीका लागि महानगरले २२ करोड ४८ लाख रुपैयाँमा बोलपत्र आह्वान गरेको हो । हाल बञ्चरेडाँडा ल्यान्डफिल साइट सञ्चालनको जिम्मा काठमाडौं महानगरपालिकाको छ । काठमाडौं महानगरपालिकाका दुईवटा वडाले मात्र फोहोर स्रोतमा कुहिने र नकुहिने रूपमा वर्गीकरण गर्दै आएका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट भित्रको फोहोर पुनः प्रयोग, पुन चक्रिय प्रयोग गर्न इच्छुक व्यक्ति, संघ—संस्थाले जेठ ५ गतेभित्र प्रस्ताव पेश गर्न सक्ने महानगरले जनाएको छ ।हाल धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ को कुँडुले बञ्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रमा काठमाडौं महानगरपालिकासहित २१ वटा नगरपालिकाले फोहोर विसर्जन गर्दै आएका छन् । काठमाडौं महानगरले यसअघि पनि टेन्डर आह्वान गरेको थियो। तर प्रस्ताव नपरेपछि पुनः बोलपत्र आह्वान गर्नुपरेको महानगरले जनाएको छ । काठमाडौं उपत्यकाबाट दैनिक सरदर १ हजार ४०० टन फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन हुँदै आइरहेको छ । वर्गीकरण नगरी सुख्खा र कुहिने फोहोर एकै ठाउँमा राखेर विसर्जन गर्दा बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु घटिरहेको महालेखाले पनि औल्याएको छ । शहरी विकास मन्त्रालयले बनाएको कार्यविधिअनुसार फोहोर व्यवस्थापन नहुँदा २० हजार घनमिटर क्षमताको पोखरी पनि भरिएर कोल्पु खोला क्षेत्रमा हानिकारक रसायन मिसिन पुगेको छ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया