आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस आज विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिन्छ । संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ । लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् । तर व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन । दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गरेक छन आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका विभेद तथा उत्पीडन क्रमशः अन्त्य हुँदै जाने आधार निर्माण गर्न सम्बन्धित निकाय सक्रिय हुने विश्वास उनको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न अपिल गरेका छन । दलित समुदायलाई छुवाछूत र विभेदबाट मुक्त गर्दै बृहत्तर विकास र उन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र समानताका निम्ति राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार प्रदान गर्नुपर्नेमा उनको जोड छ ।।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया