दक्षिण अफ्रिकामा सत्तारूढ 'एएनसी' ले ३ दशक पुरानाे बहुमत गुमायाे
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pic2_d76II3OVhh_NUdK6KL4bH_twntuvcu9a952v1r7ccwsrbqov1mezhcn2a0hji7s058mxj7i1i2kpcyjz50_0yAfCbU7Fy_mkgpln5p9zhpklgjkgt2h2ulfso1dd46any8drhctncssbh6ndqo8ciz7ctz.jpg)
दक्षिण अफ्रिकामा सत्तारुढ अफ्रिकन नेसनल कंग्रेस– एएनसीले तीस वर्षपछि बहुमत गुमाएको छ । आईतबार राती सार्वजनिक संसदीय निर्वाचनको मतपरिणाम अनुसार एएनसीसीले कुल ४ सय सिटमा जम्मा १ सय ५९ सिट जितेको छ । सन् १९९४ यता एएनसीले पहिलो पटक बहुमत गुमाएको हो । बहुमत गुमाए पनि एएनसी नै सबैभन्दा ठूलो दल बनेको छ । त्यस्तै मुख्य विपक्षी डेमोक्रेटिक अलायन्स डिकेले ८७ सिटमा जित हासिल गरेको छ भने पूर्वराष्ट्रपति ज्याकब जुमाको पार्टी एमकेले ५८ सिट जितेको छ । इकनोमिक फ्रिडम फाइटर ईएफएफले ३९ सिटमा जित हासिल गरेको छ । संसद्रुमा कुनै दलले पनि बहुमत नपाएपछि नयँ राष्ट्रपति चयन र सरकार गठनका लागि एएनसीले अन्य दलसँग गठबन्धनका लागि प्रयास थालेको छ । एएनसीले बहुमत गुमाए पनि सोही पार्टीबाट निर्वाचित वर्तमान राष्ट्रपति सिरिल रामाफोसा नै पुनः राष्ट्रपति पदका लागि दाबेदार छन । एएनसीले डेमोक्रेटिक अलायन्स र इकनोमिक फ्रिडम फाइटरसँग गठबन्धनको तयारी गरे पनि ज्याकव जुमाको पार्टी एमकेले भने राष्ट्रपतिमा दाबी गरेका छन । दक्षिण अफ्रिकामा संसदबाट नै राष्ट्रपति चयन हुने गर्दछ । राष्ट्रपति चयन भएपछि मात्र सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया