गिरिबन्धु,बाँसबारी ,बालमन्दिर,टेरामक्स सबैको फाइल खोल्न चाहन्छौं: मनिष झा
‘सडकमा टायर बालेको र जेल बसेको आधारमा राजनीतिमा उभिएका छैनौं’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बालमन्दिर जग्गा, बाँसबारी जग्गा, टिकापुरको जग्गा, भुटानी शरणार्थी, गिरीबन्दु र टेरामक्स यो सबैको फाइल खोल्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले १ सय २२ दिन मात्रै सरकारमा आउँदा कांग्रेसले सबै कुरा रास्वपाले बिगारेको जस्तो व्यवहार गरेको बताए । ‘हाम्रो केही सरोकार पनि छन्। हामी संलग्न कुनै अभियोगहरूमा यति आवाज उठाउँदै गर्दा मेरा पनि केही आवाजहरू छन्,’ उनले भने, ‘बाल मन्दिरको जग्गा, बाँसबारीको जग्गा, टीकापुरको जग्गा, गिरिबन्धु, टेरामक्सको फाइल खोल्न चाहन्छौं,’ उनले भने।उनले विगतमा यी प्रकरणको फाइल नै नबनेकाले खोल्न नसकेको पनि बताए।
उनले भने, ‘२३ महिनामा राजनीति, १७ महिनामा सदन र १२२ दिनमा राज्यव्यवस्था बुझ्न केही बाँकी छ होला । हामी प्रयासहरु गर्दैछौँ । हामी अरु केही विकल्प नभएर राजनीतिमा आएको राजनीतिज्ञहरू पनि होइनौँ । हाम्रो विगत कमजोर पनि थिएन । हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यतिचोटी टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिइरहेको पनि छैन । हामीसँग अरु धेरै आधार छ । केही गर्न आएकै छौँ । केही गर्ने प्रयास गरिरहेका छौँ । सदन खुलेको छ खुशीको कुरा । यति दिन बन्द हुँदै गर्दा चुरे दोहनको कारणले गर्दाखेरी मधेशको पानीको सतह तल गइसकेर मान्छेहरू मध्यरातमा उठेर पानी तान्छन् र चलाउँछन् किनकी दिउँसो पानी आउँदैन । यत्रो दिन त्यो चिन्ता कहाँ गएको थियो ? डढेलो लाग्दा हामी बोल्न चाहान्थ्यौँ । आज आएर सबै सरोकार सबै चिन्ता देखाउँदै हुनुहुन्छ ?’
उनले चुरे दोहनका कारण तराईमा पानीको हाहाकार हुँदा यत्रो दिन त्यो चिन्ता कहाँ गएको थियो भन्दै प्रश्न समेत गरे । एकै पटक ६ सय ठाउँमा डँडेलो लागेको बेला संसद्मा बोल्न नदिएको गुनासो समेत उनले गरे ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय छानबिन समिति बनाउन तयार रहेको र सदनमा प्रश्न सोधेपछि त्यसको जवाफ सदनमा दिन पाउनुपर्ने बताए । व्यक्तिवादी संसदीय छानबिन समिति बन्न नहुने भनेकोमा अहिले त्यही विषयमा छानबिन समिति बनेको भन्दै उनले संसद् अवरुद्ध गर्नुको अर्थ के हो भनेर प्रश्न समेत गरे ।
२०५४ साल असोज १६ गते पहिलो संसदीय समिति बनेको र त्यसयता बनेका १४ वटा संसदीय समिति कुनै पनि व्यक्ति केन्द्रित नभएको उनको भनाइ थियो ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_TCTAyU084J_1xbq7bbjcijwnqh09gdcxrczfnufw3cxvykf8zfjaqkwzqnahlzpywy7wm1s.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया