गृहमन्त्रीका अभिव्यक्ति स्वामित्व लिन वा रेकर्डबाट हटाउन प्रधानमन्त्रीलाई गगनको आग्रह
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोलेका अभिव्यक्तिमाथि प्रधानमन्त्री पुष्पकमल दाहालबाट जबाफ मागेका छन्। दलीय आधारमा आइतबारको प्रतिनिधि सभामा बोलेका कांग्रेस सांसद गगन थापाले गृहमन्त्रीका अभिव्यक्ति स्वामित्व लिन वा रेकर्डबाट हटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
बैठकमा बोल्दै थापाले विषयबस्तुलाई बरालेर अर्कोतिर लैजानका लागि विभिन्न अभिव्यक्तिहरू सदनमा दिने प्रवृत्ति बढ्दै गइरहेको र यो डरलाग्दो भएको बताए।
‘जुन कुरा यहाँ भनियो, सुनियो त्यो कि प्रधानमन्त्रीले स्वामित्व लिनुस्, तपाईंसँगै हिसाबकिताब गरौंला,’ थापाले भने, ‘कि होइन भने प्रधानमन्त्री आउनुस् र भन्नुस् म यसलाई रेकर्डबाट हटाउँछु भनेर। होइन भने प्रधानमन्त्रीसँग हिसाब त लिइन्छ, यही सदनमा लिइन्छ। सभामुखको अगाडि नै लिइन्छ।’
‘एउटा विषयबस्तु आउँदै गर्दा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले जबाफ दिँदा सबैले यसै गर्न थाले भने सदन कहाँ पुग्छ ?’ उनले प्रश्न गरे।
गत जेठ ६ गते गृहमन्त्री लामिछानेले प्रतिनिधि सभामामा आफूमाथि लागेका आरोप ढाकछोपका लागि काँग्रैसका अन्य सांसदमाथि आरोप लगाएका थिए।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_TCTAyU084J_1xbq7bbjcijwnqh09gdcxrczfnufw3cxvykf8zfjaqkwzqnahlzpywy7wm1s.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया