आज विश्व दूध दिवस नेपालमा पनि मनाइयो
काठमाडौ । आज विश्व दूध दिवस नेपालमा पनि मनाइयो । संयुक्त राष्ट्रिय संघको खाद्य तथा कृषि सङ्गठन एफएओले २००१ जुन एकदेखि विश्व दुध दिवस मनाउन सुरु गरेको हो । ‘ दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ मूल नाराका साथ यस पटक २४ औँ दुध दिवस मनाउन लागिएको हो । नेपालमा विभिन्न कार्यक्रम गरी जेठ १४ गतेदेखि नै यो दिवस मनाउन सुरु गरिएको नेपाल डेरी एसोसिएसनले जनाएको छ । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दुधको उपभोगमा वृद्धि गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो । विश्वले दुध दिवस मनाइरहेका बेला नेपालका दुध किसानले साढे तीन अर्ब रुपियाँ बक्यौता रकम भुक्तानी पाएका छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार दुध किसानलाई तीन अर्ब ४० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ । त्यति नै मात्रामा दुग्धजन्य पदार्थ मौज्दात रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार डेरी उद्योगीसँग चार अर्ब ६० करोड रुपियाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात रहेको छ । दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण समयमा भुक्तानी गर्न समस्या भएको बताउँदै डेरी उद्योगीले सरकारले बजेटमा केही राहतको व्यवस्था गर्ला भनी आस गरेको तर केही नआएको गुनासो गरेका छन ।
बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलोपटक टी—२० सेमिफाइनलमा
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_TCTAyU084J_1xbq7bbjcijwnqh09gdcxrczfnufw3cxvykf8zfjaqkwzqnahlzpywy7wm1s.jpg)
प्रतिक्रिया