चर्चित आरोही निर्मल पुर्जामाथि महिला आरोहीद्धारा यौन दुर्व्यवहारको गम्भीर आरोप
काठमाडौ । चर्चित आरोही निर्मल पुर्जामाथि महिला आरोहीहरूले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएका छन् । पूर्व मिस फिनल्याण्ड लोट्टा हिन्टसा र डा. अप्रिल लियोनार्डोले आफूहरूलाई पुर्जामाथि यौन दुर्व्यवहारको आरोप लगाएका हुन । ‘द न्युयोर्क टाइम्स’ ले हिमाल आरोहणका क्रममा उनीहरूले पुर्जाबाट दुर्व्यवहार भोगेको विवरण सार्वजनिक गरेको हो । सन् २०१९ मा प्रकाशित आफ्नो संस्मरणमा नै हिन्टसाले आफू ‘एक चर्चित आरोही’ बाट दुर्व्यवहारमा परेको उल्लेख गरेकी छिन । त्यस्तै, डा. अप्रिल लियोनार्डोले पनि पुर्जाले आफूलाई जबरजस्ती समाएर चुम्बन लिएको दाबी गरेकी छन् । केटू हिमाल आरोहणमा पुर्जा उनको गाइड थिए । सोही समयमा यो घटना भएको उनको भनाई छ । यता निम्सले आफ्नो इस्टाग्राम को स्टोरीमा एक पोस्ट हाल्दै आफूले कुनै पनि गल्ती नगरेको बताउँदै गरिएका दाबीहरू झुटो भएको बताएका छन् । उनले पत्रिकालाई यसअघि नै आफूमाथि लगाइएको आरोप साँचो नभएको प्रमाण दिएको पनि जिकिर गरेका छन् । पुर्जाले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । उनले यस विषयमा सत्य तथ्य बाहिर आउने आशा व्यक्त गर्दै कानुनी उपचारको तयारी गरिरहेको जानकारी दिएका छन् । सन् २००८ मा रेकर्ड समयमा विश्वका ८ हजार मिटर माथिका १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेपछि पुर्जा चर्चामा आएका थिए । उनले हाल हिमाल आरोहणसम्बन्धी कम्पनी नै चलाएर बसेका छन् ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_TCTAyU084J_1xbq7bbjcijwnqh09gdcxrczfnufw3cxvykf8zfjaqkwzqnahlzpywy7wm1s.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया