विष्णुकुमारी हत्यामा संलग्न पाँचजना पक्राउ
झापा प्रहरीले बिर्तामोड–४ शिवनगर टोलकी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्यामा संलग्न भएको आरोपमा पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिर्तामोडका महेश राजवंशी, गंगाप्रसाद राजवंशी, वर्षा राजवशी प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी, चोरी गरेको गरगहना बेच्न सहयोग गर्ने भगीरथ माझी र चोरीको सामान किन्ने अर्जुनधाराका धनबहादुर कामी पनि पक्राउ परेका छन । सुनको गहना तथा नगद लुट्ने उद्देश्यले छिमेकीहरुले नै ती महिलाको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
बाइट ः
प्रहरीले हत्यामा संलग्नको साथबाट नट खोल्ने रेञ्ज, मार्तोल लगायतका तीन थान सामग्री, सुनको सिक्का भएको बेरुवा औठी एक थान, सुनको हातमा लगाउने बाला एक थान, सुनको जन्तर एक थान, सुनको सिक्री एक थान, सुनको टप एक थान र चाँदीको कलश एक थान बरामद गरेको छ ।तीन साता लामो अनुसन्धानपछि प्रहरी बिष्टको हत्याको कारण पत्ता लगाउन सफल भएको हो । हत्या लगत्तै प्रहरीले धरानबाट तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धानलाई अगाडि बढाएको थियो । अनुसन्धानमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो प्रदेश अनुसन्धान समूह विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले संयुक्त अनुसन्धान गरेको थियो ।गत वैशाख २६ गते विष्ट घरभित्रै हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् ।।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया