ट्रम्प ३४ अपराधमा दोषी ठहर, राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Donald-Trump-_UtwbGjOpFR_1gncjbg2vx0wsym7xbhozfajskzwszeb7hnw4afinvgddj60c7o6nmdjufpd_nkZp2hUEtg_icdsk5mpwllqwsov5pa21es0mflz20dnganxfaqtpmnfy2t0ouzhcw71mess.jpg)
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आपराधिक मुद्दामा दोषी ठहर भएका छन् । पोर्न स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्धलाई दबाउन लाखौं डलर दिएको आरोप लागेका ट्रम्पलाई न्युयोर्कको अदालतले दोषी ठहर गरेको हो । उनलाई जेल सजाय पनि हुने भएको छ । सजाय भने पछि तोकिने अदालतले जनाएको छ । अदालतका १२ जना जुरी ले २०१६ को आम निर्वाचनका बेला ट्रम्पले वयस्क चलचित्र अभिनेत्री ड्यानियल्ससँगको आन्तरिक सम्बन्ध लुकाउनकै लागि अमेरिकी डलर १ लाख ३० हजार दिएको आरोप लागेको थियो । सो आरोप माथि न्युयोर्कको जिल्ला अदालतमा ट्रम्पको मुद्दा चलेको थियो । १२ जनाको स्वतन्त्र न्यायाधिसको जुरीले उनी विरुद्धको व्यापार व्यवसाय सम्बन्धित गलत वित्तीय विवरण राखेको सहितका अन्य ३४ मुद्दामा दोषी ठहर गरेको छ । झण्डै ६ हप्तासम्म चलेको बहसले अन्ततः पूर्व राष्ट्रपति ट्रम्पलाई फौजदारी कसुरमा दोषी ठहर गरेको छ । अमेरिकाका ४५ औं राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमै फौजदारी मुद्दामा दोषी ठहर हुने उनी पहिलो राष्ट्रपति हुन । ट्रम्प आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार समेत हुन् । फैसला पछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले फैसला अपमानपूर्ण आएको भन्दै अदालतमा धाँधली भएको बताए । अदालतले दोषी ठहर गरेपनि आगामी निर्वाचनमा जनताले सही फैसला गरेर चुनाव जिताउने बताए ।उनले यसको सही निर्णय अव जनताले आगामी नोभेम्बर ५ मा गर्ने पनि बताए । फौजदारी मुद्दामा दोषी ठहर भएपछि उनको आगामी राजनीतिक यात्रामा समस्या आउनसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन।
रुसी राष्ट्रपति पुटिन २४ वर्षपछि उत्तर कोरियामा
दार्जिलिङमा रेल र मालबहाक गाडी ठक्कर खाँदा ५ जनाको मृत्यु
![इजरायलद्वारा रफाहमा दर्जनौं घर जलाएर ध्वस्त, कम्तिमा अठ्ठाईस प्यालेस्टिनीको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Smoke-rises-from-buildings-following-Israeli-strikes-on-Rafah_NSPfINNUGr_xr7hop7fqeodps69wpsu4ccjxaocomykjauwrj2teqmmimvjb5lyv5v6j0z9_tEM0yKSvnf_wdvk8ce38wec1a13mzpnni1mgribn9ay2x1ezmnxsdzfvponq0ugfottmu82.png)
इजरायलद्वारा रफाहमा दर्जनौं घर जलाएर ध्वस्त, कम्तिमा अठ्ठाईस प्यालेस्टिनीको मृत्यु
![मोदीले दिए पदबाट राजीनामा, तेस्रोपटक प्रधानमन्त्री बन्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/modi_PtBEfdUpgJ_lpqwbbkummicrpkxcmvbmp9wyqcbtcozzvquqt33vpplikw9p1f9t48getyd_NonDcbaugU_pnfxhbeq7mwdw4ff3rzpmni7nu2it6qzfjdfb6dqgbhndeoj0dhclg7ldw98_cy8QoxJij8_zcigwembyrccamr9l9uuyiciputse1sq2vnf9uyv6wbg1vhp3li707jmxyrt.jpg)
मोदीले दिए पदबाट राजीनामा, तेस्रोपटक प्रधानमन्त्री बन्दै
इजरायल हमाससँग छ साताका लागि युद्धविराम गर्न सहमत
अफ्रिकामा झण्डै दश करोड बालबालिका तथा युवा विद्यालयको पहुँचबाहिर
![जापानको नोटो प्रान्तमा ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_dsAE5Ep0QI_mxrnlxbchlolqocg9rrhzchoynaknuojui1fe7dbgzqesjsltlbgxvkpzabu_ejIojjBQBa_6zeygoxhvuiau6ic4saxpxdrswhnspbvm74nis2v3pouyd1ekmhhopvtkmdy.jpg)
प्रतिक्रिया