नेपाल र अमेरिकाविचको मैत्रीपुर्ण क्रिकेट भारी बर्षाले रद्द
![](https://snowberry.prixacdn.net/media/gallery_folder/nepali-cricket-team_OWJZ1Wqz4g_BtIM5TwKFi_hnn4v28bs4xwfdznoahiyerxfjf8gtebqpdbf7vryw4hjobgutw1eeotnsaz_xmaSBOBE6D_5ymkdulhamqgehh3fees8srutx6sbbfkgtqm4imhclq7teffmwv4khf7kbci.jpg)
आइसिसी टी–२० विश्वकप अन्तर्गत नेपालको दोस्रो तथा अन्तिम ‘वार्मअप’ खेल भारी वर्षाका कारण रद्द भएको छ । अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी मैदानमा बिहीबार तय भएको खेल लगातार वर्षा भएपछि रद्द भएको हो । घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ रोज्नासाथ भारी वर्षा सुरु भएको थियो । नेपालका लागि विश्वकप अघि यो नै अन्तिम अभ्यास खेल थियो । विश्वकपअघि आइसिसीले तय गरिदिएको पहिलो ‘वार्मअप’ खेलमा भने नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो । वर्षाका कारण बिहीबार अमेरिकासँगको खेल रद्द भएपछि नेपाली टोलीले मस्ट्याङ क्रिकेट एकेडेमीको इन्डोर हलमा अभ्यास गरेको थियो । यसअघि अभ्यास खेलमा चोट बोकेका अलराउन्डर दीपेन्द्रसिंह ऐरी फिट भएका छन । एक महिनाअघि विश्वकप तयारीका लागि अमेरिका आइपुगेको नेपालले यसअघि अमेरिका र वेस्ट इन्डिजमा तयारी गरेको थियो । नेपालले टेक्सासको ह्युस्टन र वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा स्थानीय टोलीसँग अभ्यास केही अभ्यास खेल पनि खेलेको थियो। नेपालले खेलेको ६ अभ्यास खेल मध्ये चार खेलमा जित निकालेको थियो । नेपालले अब सिधै विश्वकप खेल्नेछ । नेपालले डालासमै नेदरल्यान्ड्ससँग जेठ २२ गते खेल्दै विश्वकपको सुरुवात गर्नेछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ । २० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया