नेपालले आज अमेरिकासँग अभ्यास खेलमा प्रतिस्पर्धा गर्ने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/cricket-team-1717042807_LuVehRBu9Y_uqre2kp9pbdwxrcbd7aqnuqlbbutomvsxt1s1umkzuolsbcs5t2z3qxpqlad_IXgnqDsPd8_kxmukgukvyfqv2k03snj5stsqxqokygne1slqw1xdzsjgvx1de2iicfueery.jpg)
आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आज आयोजक अमेरिकासँग अन्तिम अभ्यास खेलमा प्रतिस्पर्धा गर्दैछ । अमेरिकाको डलासको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु हुनेछ । नेपाल र अमेरिका ११ वर्षपछि दोस्रो पटक टी–२० क्रिकेटमा भेट हुँदैछन् । यसअघि सन् २०१३ मा विश्वकपको छनोटको अभ्यास खेलमा नै यी दुई टोली आमनेसामने भएका थिए । सो खेलमा नेपाल अमेरिकासाग ५ विकेटले पराजित भएको थियो । विश्वकपको तयारीमा रहेको नेपाल र अमेरिकाले एकअर्काविरुद्ध खेलेसँगै प्रतियोगिताका लागि तयारीमा छन । विश्वकपमा सहभागी सबै टोलीलाई आईसीसीले दुई अभ्यास व्यवस्था गरेको थियो । सोही अनुरुप नेपालले पहिलो खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो । अमेरिका र बंगलादेशको खेल भने खराब मौसमले रोकिएको थियो । नेपालले ४ जुनमा नेदरल्यान्डस्सँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । आयोजक अमेरिकाले जुन २ मा क्यानडासँग विश्वकपको उदघद्दाटन खेल खेल्नेछ । विश्वकपको उदघाटन खेल यही मैदानमा हुनेछ । विश्वकपको तयारीका लागि नेपालले वेष्ट इण्डिजमा तीन अभ्यास खेल खेलेको थियो । तीन खेलको सिरिजमा नेपालले विनवार्ड भोल्क्यानोजविरुद्ध २–१ ले जित निकालेको थियो । वेष्ट इण्डिजबाट अमेरिका पुगेको नेपाली टोलीले ह्युस्टनमा ह्युस्टन हरिके्रन्स दुई अभ्यास खेल खेलेको थियो। ती दुवै खेल नेपालले जितेको थियो ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_TCTAyU084J_1xbq7bbjcijwnqh09gdcxrczfnufw3cxvykf8zfjaqkwzqnahlzpywy7wm1s.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया