ठूलो दलको नेताको हैसियतमा कांग्रेसका पाण्डेले गण्डकीको नेतृत्व गर्ने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1672231225-1Et2w_43CBUTqLic_mkgd7lhas4t5k61pmqdgxqfxqkco8idecy6mazqtftef4asre5qigzlkp6im_bCefDl01JH_zgkpi9nhnd5q4oudeh8doylpfc60hncpjlfcvqoepjzakafcc1mbaeqeiubw.jpg)
सर्वोच्च अदालतको आदेशअनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । सर्वोच्च अदालतले एमाले संसदीय दललका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गरेसँगै पाण्डे ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् । न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।सर्वोच्चले ४८ घण्टाभित्र संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश जारी गरेको छ । सोही अनुसार प्रदेश प्रमुखले आज पाण्डेलाई सपथ गराउने छन् । पाण्डेले राप्रपासहितका दलको समर्थन लिएर सरकार गठन गर्ने बताइएको छ । गण्डकी प्रदेशमा कांग्रेससँग २७ सांसद छन् । ६० सदस्यीय संसदमा बहुमत जुटाउन पाण्डेलाई थप ४ सांसदको समर्थन आवश्यक हुन्छ । त्यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँगै अन्य दुई सांसद पनि पु¥याउनुपर्ने छ । राप्रपासँग २ जना सांसद छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गर्दा पनि आवश्यक संख्या पुग्दैन । कांग्रेसले बहुमत पु¥याउनका लागि माओवादी केन्द्रबाट चुनाव लडेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाको समर्थन लिने प्रयास थालेको छ । यदि उनको समर्थन प्राप्त भयो र माओवादीले कुनै कारबाही नगरेमा पाण्डेको सरकारले विश्वासको मत पु¥याउन सक्छ । उनले विश्वासको मत ३१ पु¥याउन नसके पाण्डे एक महिनापछि स्वतः पद मुक्त हुनेछन् । त्यसपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रिया सुरु हुन्छ । गण्डकी प्रदेशमा नयाँ निर्वाचनपछि तीन पटक सरकार परिवर्तन भइसकेको छ ।।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया