बुद्धजयन्तीका अबसरमा देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको भीड
२५६८ औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भूनाथ क्षेत्रसहित देशभरका विभिन्न बौद्ध स्तुपाहरुमा दर्शनार्थीहरुको भीड देख्न सकिन्छ । काठमाडौंको स्वयम्भू, बौद्ध लगायतका बौद्ध गुम्बाहरुमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो रहेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदैछ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्वीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । ईसापूर्व ५६३ अर्थात आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
![बढ्यो सेयर बजार, नेप्सेमा ५.६० अंकको वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_wUDFo2hxj7_tbluhnsmolxgtgdn5yqzvrjz2bqcu0aaugk2ij4zybvvan00xb3y8iqdrdd9_9ofHzu8a5x_dtkbd9hrn7vu1ajgqtnsgxulpyvl8o0kf6rkjuxzpzyn1qal7kby7tyo4zci_gcW2TuGwQP_mfwc5i22ybx7talhzaiuvz5si3xxsliu5rdpo3v5h0shqbsyhsqceej1pisb_RrulbOL4Fx_n7pjwgc8jkvviijy57alrgh08urrr09ri0jl3xpdoti0ubfnlhdvrk6ga3d9.jpg)
बढ्यो सेयर बजार, नेप्सेमा ५.६० अंकको वृद्धि
आयकर ऐनको दफा ५७ लगानी प्रोत्साहनका लागि संशोधन गरिएको अर्थमन्त्रीको स्पष्टिकरण
विनियोजित शीर्षकमाथिको खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत
![परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन नेपालद्वारा चीनसामू प्रस्ताव](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-china-meeting_R80AviocaE_Tasr1fjbhM_jn8ad1FYEd_wyvnoji1xn3apj2h0dkhovx8etl0ywipyohmlctx3fq7rm1nlnisvbqeppih_r9L1fWq7L2_pdwh6dfr8gwi237pnzcmzqgzswmugvt7zv8rqwxxizlmeukieuq8h2gaxhwr_YgkYAESmmx_alooxjf5m0hfty5jbypcjtjofxdjddk9awbzssrp2y3ipvorwcxxwi5plhlz_NkCyIpWID5_pk4revdftrhbtvohcf0phw1frzzzqhjzuxwoeox9ol5qo5o6763jd4cu4ryq.jpg)
परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन नेपालद्वारा चीनसामू प्रस्ताव
![मोरङमा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(1)_BecRAb2BA9_wrqvcefdonbtodsngq8dmlqzh4rkwchdidldzefltsgnhjgc2ll8f82nnoks_sQjUlR0vhO_p2g68usv83svsicg8ou9nzedehzpvvktarhbbjnqdogh6fmihrtg9we1msps.jpg)
प्रतिक्रिया