सिरोहियालाई प्रक्राउ गरिएकोप्रति मिडिया सोसाइटीको बिरोध
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले बिरोध जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै नेपाल मिडिया सोसाइटीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई सरकारले पक्राउ गरेको भन्दै बिरोध जनाएको हो । पत्रकार सम्मेलनमा सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियाको रिहाइ नभएसम्म सोसाइटीले निरन्तर संघर्ष गर्ने बताए ।
अध्यक्ष कँडेलले पूर्वप्रधानमन्त्रीहरुको समेत नागरिकताको प्रतिलिपि लिँदा विवरण फरक परेको हुनसक्ने भन्दै त्यसबारे पनि खोज्नुपर्ने बताए । आफूहरुले बोलेर र लेखेर संघर्ष गर्ने भन्दै मिडियालाई बचाउनका लागि संघर्षमा उत्रेको सोसाइटीले जनाएको छ । सिरोहियालाई पक्राउ गरेर मिडियालाई तर्साउन खोजिएको सोसाइटीको भनाइ छ । सोसाइटीले सरकारले मिडियामाथि अधिनायकवादी तरिका अपनाएको र मिडियाको मुख बन्द गराउने खतरनाक प्रवृत्ति शुरु भएको समेत जनाएको छ । सिरोहियालाई नागरिकता किर्तेको आरोपमा मंगलवार प्रहरीले पक्राउ गरी धनुषा पु¥याएको थियो ।
![बढ्यो सेयर बजार, नेप्सेमा ५.६० अंकको वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_wUDFo2hxj7_tbluhnsmolxgtgdn5yqzvrjz2bqcu0aaugk2ij4zybvvan00xb3y8iqdrdd9_9ofHzu8a5x_dtkbd9hrn7vu1ajgqtnsgxulpyvl8o0kf6rkjuxzpzyn1qal7kby7tyo4zci_gcW2TuGwQP_mfwc5i22ybx7talhzaiuvz5si3xxsliu5rdpo3v5h0shqbsyhsqceej1pisb_j0JQd8v3IV_uoyiawk1on4qq05jgmc83mmqnaphv2cqbw30f66gzovrizcwk03wzgozvjlb.jpg)
बढ्यो सेयर बजार, नेप्सेमा ५.६० अंकको वृद्धि
आयकर ऐनको दफा ५७ लगानी प्रोत्साहनका लागि संशोधन गरिएको अर्थमन्त्रीको स्पष्टिकरण
विनियोजित शीर्षकमाथिको खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत
![परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन नेपालद्वारा चीनसामू प्रस्ताव](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-china-meeting_R80AviocaE_Tasr1fjbhM_jn8ad1FYEd_wyvnoji1xn3apj2h0dkhovx8etl0ywipyohmlctx3fq7rm1nlnisvbqeppih_r9L1fWq7L2_pdwh6dfr8gwi237pnzcmzqgzswmugvt7zv8rqwxxizlmeukieuq8h2gaxhwr_YgkYAESmmx_alooxjf5m0hfty5jbypcjtjofxdjddk9awbzssrp2y3ipvorwcxxwi5plhlz_TcUfYW9JWI_f41qpk0su4y2ifzbhw85vglunzyecpt0ny5ejljo6mhwuyp89womdcwrou2f.jpg)
परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन नेपालद्वारा चीनसामू प्रस्ताव
![मोरङमा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(1)_BecRAb2BA9_wrqvcefdonbtodsngq8dmlqzh4rkwchdidldzefltsgnhjgc2ll8f82nnoks_AKtx9Dmew3_asdw9o9wvuxlpp6q5rftzlg1iqqvdmrpmbguxuwbest0hdoaosrwkbhrws0d.jpg)
प्रतिक्रिया