सिरोहिया पक्राउमा अदालती प्रक्रिया अगाडि बढेकाले होहल्ला जरुरी छैन: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा बढी होहल्ला गर्न जरूरी नभएको बताएका छन । बुधबार चन्द्रागिरिमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले अदालतले प्रक्रिया अगाडि बढेकाले होहल्ला जरुरी नभएको बताएका हुन । प्रधानमन्त्री दाहालले सिरोहियासँग सरकारले रिसइबी साधेको भन्ने आरोप गलत भएको बताए ।
प्रधानमन्त्री दाहालले सिरोहिया निर्दोष रहेको भन्दै अदालती प्रक्रियाबाट छिट्टै छुट्ने बताए । नागरिकताका सन्दर्भमा उजुरी परेपछि सिरोहियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया