अमेरिका,क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ

नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ ५ करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त गिरोहलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वर्ष ४७ का सिन्धुपाल्चोक जिल्ला भोटेकोशीका टासी शेर्पा, कर्थलीका ङिमबुटी शेर्पा र जुगलका निमा शेर्पा रहेका छन । सम्पर्कमा आएका १० जनाबाट उक्त गिरोहले ५ करोड ५० लाख रुपैयाँ रकम ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
गिरोहले करिव १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरुमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरुबाट करिव ७ करोड ५० लाख रकम लिएको खुल्न आएको प्रहरीले जनाएको छ । फरक घटनामा श्रोत नखुलेको ९८ लाख रुकमसहित दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । 
काठमाडौं ५ मालिगाउँ क्षेत्रमा मिलन बिक समेतका केही व्यक्तिहरुलाई पनि हुण्डी कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको छ । क्राउ पर्नेमा वर्ष २८ का समिर सुनार र वर्ष २९ का मिलन बिक छन । दुवैजना रुपन्देही सियारी गाउँपालिका ७ का बासिन्दा हुन । उनीहरुको साथबाट ९८ लाख श्रोत नखुलेको रकमसहित बा.१३ च. ४८५८ नम्बरको सवारी साधन बरामद भएको छ । 

प्रतिक्रिया