सहकारी प्रकरणको छानबिन गर्न समिति नबनेसम्म सदन अवरुद्ध गर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म सदन अवरुद्ध गर्ने निर्णय गरेको छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि संसदीय समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने निर्णय गरेको हो । बैठकले रवि लामिछानेलाई गृहमन्त्रीको रूपमा नभई एक दलको नेताको रूपमा बोल्न दिने पनि निर्णय पनि गरेको छ।  यसअघि सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको नाम मुछिएपछि उनलाई संसदमा बोल्न समेत अवरोध गरेको थियो । दलको नेताको रूपमा उनलाई सदनमा बोल्न दिने कांग्रेसले निर्णय गरेको हो । आज संसद बैठकमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूचि छ । 
 

प्रतिक्रिया