कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौ । कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा आजका लागि  सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध हिजो सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । कांग्रेस नेतासमेत रहेका कार्कीको वारेसमार्फत अधिवक्ता सुप्रेक्षा जोशीले बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी हुन् ।  रिटमा मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय विरुद्ध नेपालको संविधानको धारा १३३ दुई र तीन बमोजिम उत्प्रेषण, परमादेश लगायत आदेश जारी गर्न माग गरिएको छ । रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको छ ।
 

प्रतिक्रिया