मन्त्रीविहीन रहे पनि मन्त्रालयकाे कुनै काम नरोकिएको कर्णालीका मुख्यमन्त्रीको दाबी

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रालयहरू मन्त्रीविहीन रहे पनि कुनै काम नरोकिएको दाबी गरेका छन् । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कँडेलले यो बिचमा ठुलै नीतिगत निर्णय गर्नुपर्ने कुनै काम नरहेको र मन्त्रालयबाट हुने कामहरू निरन्तर भइरहेको प्रस्ट पारेका हुन । मुख्यमन्त्री कँडेलले ‘मन्त्रालय खाली भए पनि काम नरोकिएको र छिटै पूर्ण आकारको सरकार गठन हुने बताए । 
मुख्यमन्त्री कँडेलले ०८१–०८२ को नीति, कार्यक्रम र बजेट ल्याउने विषयमा सुधारका निमित्त अग्रसर हुनुपर्ने बताए ।चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भए पनि उनले अहिलेसम्म सरकार विस्तार गर्न सकिरहेका छैनन् । केही मन्त्रालय फागुन २२ देखिनै मन्त्रीविहीन अवस्थामा छन् । अहिले सबै मन्त्रालयको जिम्मेवारी कँडेल आफैँले सम्हालिरहेका छन् । 

प्रतिक्रिया