'नेकपा' स्थापना दिवसको अवसरमा एमालेले आज ‘हीरक महोत्सव’ मनाउँदै

नेकपा एमालेले आज सोमबार नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थापना दिवसको अवसरमा ‘हीरक महोत्सव’ मनाउँदै छ । एमालेले नेकपा स्थापना दिवसको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको विशेष समारोह आयोजना गरेको हो । हीरक महोत्सवमा अवसरमा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव पदक’बाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।  एमालेको हीरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरू विशेष अतिथिको रूपमा सहभागी हुनुहुने बताइएको छ । ७५ वर्षअघि २००६ साल वैशाख १० गते भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा नेकपाको स्थापना भएको थियो ।

प्रतिक्रिया