आ.व ८१/८२ का लागि कृषि मन्त्रालयलाई ५१ अर्ब ८८ करोड बजेट सिलिङ

आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई ५१ अर्ब ८८ करोड रुपियाँ बजेट सिलिङ तोकेको छ । आगामी आवका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि बजेट घटाउने देखिएको छ । अर्थ मन्त्रालयले तोकेको सिलिङ नै चालु आवभन्दा कम रहेको छ । चालु आवका लागि ५२ अर्ब ४६ करोड रुपियाँ बजेट सिलिङ तोकेको थियो । पछि त्यसलाई बढाएर ५८ अर्ब ९८ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । सिलिङवाट विगतभन्दा आगामी आवमा कृषिको बजेट कम हुने देखिएको छ । चालु आवमा रासायनिक मलका लागि मात्र ३० अर्ब रुपियाँ विनियोजन गरिएको थियो, त्यसलाई यसपालि निरन्तरता दिने मन्त्रालयको तयारी छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, उखु किसान, कृषि तथा पशु बिमालाई निरन्तरता दिइने कृषि मन्त्रालयले जनाएको छ । 
 

प्रतिक्रिया