भारतको नैनीतालमा जीप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु

भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ ।बेतालघाट पुलिस थानाका सब–ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट प्रहरीले जनाएको छ ।  घटनास्थल वरपर नेपालीहरू सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरू गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै पिकअप सडकदेखि तल झरेको बताइएको छ । गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कदै गर्दा जीप दुर्घटनामा परेको हो ।। 

प्रतिक्रिया