स्थानीय निर्वाचनमा टर्कीको विपक्षी दललाई सफलता, एर्डोगानद्वारा पराजय स्वीकार

काठमाडौं । टर्कीको स्थानीय चुनावमा विपक्षीले जित हासिल गरेको छ । यसलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो राजनीतिक धक्का मानिएको छ । तेस्रोपटक राष्ट्रपति चुनाव जितेको एक वर्षभन्दा कम समयमै उनको पार्टीको पराजय भोगेको हो । राष्ट्रपति चुनाव जितेर एर्डोगान सहरको राजनीतिक नेतृत्वमा आफ्नो प्रभुत्व कायम गर्ने कुरामा विश्वस्त थिए । तर स्थानीय चुनावमा उनको पार्टीका उम्मेदवारको पराजयले त्यसलाई गलत सावित गरेको छ । एर्डोगान आफैंले चुनावी प्रचार गरेको इस्तानबुलमा पनि धर्मनिरपेक्ष विपक्षी पार्टी सीएचपीका एकराम इमामोग्लुले चुनाव जितेका छन । इस्तानबुल राष्ट्रपति एर्दोगान मेयर बनेको चुनावी क्षेत्र हो । विपक्षी दलले अंकारासहित १५ सहरमा मेयरको चुनाव जितेको छ । ७० वर्षीय राष्ट्रपति एर्डोगानले चुनाव आफूले सोचे अनुसार नगएको स्वीकार गरेका छन् भने पार्टीको हार पार्टीका लागि अन्त्य नभई एक फड्को मार्ने अवसर रहेको बताएका छन् ।

प्रतिक्रिया