नेदरल्याण्ड्सको नाइटक्लबमा मानिसलाई बन्धक बनाउने एक सशस्त्र आक्रमणकारीलाई प्रहरीद्धारा पक्राउ

काठमाडौं । नेदरल्याण्ड्सको पूर्वमा रहेको एउटा सहरको नाइटक्लबमा मानिसहरूलाई बन्धक बनाउने एक सशस्त्र आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणकारी शनिबार बिहान इडे शहरको पेटीकोट नामक नाइटक्लबमा प्रवेश गरेका थिए । स्थानीय मिडियाका अनुसार आक्रमणकारीले आफूलाई विस्फोटक पदार्थले उडाउने धम्की दिँदै चार जनालाई बन्धक बनाएका थिए । पहिले तीन जनालाई हमलाकारीको चपेटबाट मुक्त गरिएको थियो, त्यसपछि बन्धक बनाइएका चौथो व्यक्तिलाई करिब छ घण्टा रिहा गरिएको थियो । अन्तिम बन्धकले नाइटक्लब छोडेपछि आक्रमणकारीलाई मास्क लगाएर बाहिर निकालिएको थियो । आक्रमणकारी नाइटक्लबभित्र पसेपछि त्यहाँ सरसफाइ गरिरहेका कर्मचारीहरूलाई बन्धक बनाएका थिए । आक्रमणकारीले बन्धक बनाएको कारणबारे खुल्न नसकेको र उनको मानसिक अवस्थाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया