अमेरिकामा पानीजहाजको ठक्करबाट पुल भत्कियो, सवारीसाधन पानीमा खसे

अमेरिकाको बाल्टिमोरमा कन्टेनर जहाजको ठक्करवाट पटापस्को नदीमा रहेको पुल क्षतिग्रस्त भएको छ । बाल्टिमोरमा एउटा पुल कन्टेनर जहाजले ठक्कर दिँदा पूर्णरुपमा नदीमा खसेको हो । दुर्घटनापछि सुरक्षाकर्मीले सात जना मानिस र धेरै गाडीहरू नदीमा खसेको बताइएको छ । दुर्घटनामा कति मानिस हताहत भएको आशंका गरिएको छ । तर दुर्घटनाको पुर्ण विवरण आउन बाँकी रहेको छ । अमेरिकाको अग्नी नियन्त्रण निकायले एउटा ठूलो जहाज ’फ्रान्सिस स्कट की ब्रिज’को खम्बामा स्थानीय समयअनुसार बिहान साढे १ बजे ठोक्किएको जनाएको छ । दुर्घटनास्थलमा उद्धार कार्य जारी नै रहेको सुरक्षाकर्मीले बताएका छन । 

प्रतिक्रिया