अमेरिकाले इन्टेल कम्पनीलाई दियो २० बिलियन डलर सहयोग

अमेरिकी राष्ट्रपति जो बाइडेनले सेमीकन्डक्टर चिप निमार्णका लागि इन्टेल कम्पनीलाई २० बिलियन डलर बराबरको अनुदान र ऋण सहयोगको घोषणा गरेका छन् । पछिल्लो सहयोगले अमेरिका ४० वर्षपछि उन्नत सेमीकन्डक्टर उत्पादनमा पुनरागमन गर्न सक्षम हुने बाईडेनको भनाइ छ । प्रारम्भिक सम्झौताका क्रममा बाइडेनले डोनाल्ड ट्रम्पको नीतिले अमेरिकी कम्पनीहरूले आफ्नो उत्पादन देश बाहिर गर्न बाध्य भएको समेत बताए । अमेरिकाले आविष्कार गरेको चीप अमेरिकामै बन्नु पर्ने बाइडेनको भनाइ छ । चिप निमार्णमा पुन शीर्ष स्थानमा पुग्ने र सेमीकन्डक्टरको घरेलु माग पूरा गर्दै अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्ने सहयोगको घोषणा भएको हो । सो रकम अनुदान र ऋण सहयोग हुनेछ । यो सँगै अमेरिका सरकार र इन्टेल कप्पनीले ८ दशमलन ५ बिलियन अनुदान र ११ बिलियन ऋणको लागि प्रारम्भिक सम्झौता गरेका छन् । यो रकम दुई नयाँ कारखानाहरू निर्माण गर्न र एउटा कप्पनीको आधुनिकीकरण गर्न प्रयोग गरिनेछ । इलेक्ट्रोनिक उपकरणहरूमा विद्युतीय प्रवाहलाई नियन्त्रण र व्यवस्थापन गर्ने सेमीकन्डक्टर चीप हरेक विद्युतिय उपकरणमा प्रयोग गरिन्छ । यसअघि यस्तो चिप चीन र ताइवानले मात्रै बनाउदै आएका थिए । 

प्रतिक्रिया