नीति अभाव र जटिल आर्थिक अवस्थाले बुटवल औधोगिक क्षेत्र प्रभावित

उद्योग नीति अभाव र जटिल आर्थिक अवस्थाले बुटवल औधोगिक क्षेत्रका उद्योगहरू प्रभावित भएका छन् । कच्चा पदार्थको मुल्य भन्दा कममा भारतीय  रेडिमेट सामान आउँदा नेपाली उद्योगवाट उत्पादित बस्तु प्रभावित हुने गरेका हुन । भारतीय उद्योगसँग प्रतिस्पर्धा गराउन नसकेपछि कतिपय उद्योगले कामदार समेत कटौती गरेका छन । 
उद्योग बिस्तार गर्न जग्गाको कमी, बैकको चर्काे ब्याजले चालू पुजिको अभाव र आर्थिक मन्दिले उद्योग चलायमान हुन नसकेको बुटवल औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको भनाइ छ । 
औधौगक क्षेत्रमा रहेका ७० वटा उद्योग रहेकोमा हाल ६३ वटा उद्योग संचालनमा रहेका छन् । उद्योगमा मन्दीको असर पर्दा चालिस प्रतिशत उत्पादन कम भएको छ भने पचास प्रतिशत कामदार विस्थापित भएका छन । 
 

प्रतिक्रिया