त्रिकोणात्मक टी ट्वान्टीको फाइनलमा आज नेपाल र पपुवा न्यु–गिनी भिड्दै

हङकङमा जारी त्रिकोणात्मक टी– ट्वान्टी  अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी पीएनजी बिच भिडन्त हुँदैछ । फाइनल खेल नेपाली समयअनुसार पौने १२ बजे हङकङको मोङ कोकमा शुरु हुनेछ । हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको हो । पीएनजीले हिजो दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको हो । यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एक÷एक अंक बाँडिएको थियो । हिजो नेपालले पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको हो । 

प्रतिक्रिया