झापा गोल्डकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि चर्च ब्वाइज र विभागीय टोली एपिएफले प्रतिस्पर्धा गर्ने


काठमाडौं । छैटौँ झापा गोल्डकपको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि चर्च ब्वाइज क्लब काठमाडौँ र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुन लागेको हो । दुई टोलीविचको खेल अपरान्ह तीन बजे डोमलाल रंगशालामा हुनेछ । शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी  त्रिभुवन आर्मी क्लबलाई १—० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन ।

प्रतिक्रिया