ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को बर्चस्व, उत्कृष्ट चलचित्र र निर्देशक सहित सात विधामा अवार्ड जित्न सफल


काठमाडौं । हलिउड फिल्म ‘ओपेनहाइमर’ले यस वर्षको ओस्कार अवार्डमा सात विधामा अवार्ड जितेको छ । अमेरिकाको लस एन्जलिसस्थित डल्बी थिएटरमा घोषणा गरिएको ९६औँ ओस्कार अवार्डमा ओपेनहाइमरले कुल सात विधामा अवार्ड जितेको छ ।ओपेनहाइमरले उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ अभिनेता, सर्वश्रेष्ठ सहायक अभिनेता, सर्वश्रेष्ठ छायांकन, सर्वश्रेष्ठ चलचित्र सम्पादन, सर्वश्रेष्ठ मौलिक संगीतको अवार्ड हात पारेको हो । ओपेनहाइमरका निर्देशक क्रिस्टोफर नोलन, अभिनेता सिलियन मर्फी, सहायक अभिनेता रोबर्ट डाउनी जुनियर, छायाकार होयटे भान होयटेमा, सम्पादक जेनिफर लेम, संगीतकार लुडविग गोरान्सनले पुरस्कार हात पारेका हुन । ‘ओपेनहाइमर’ ओस्कार अवार्डमा कुल १३ विधामा मनोनयनमा परेको थियो ।  तर, अन्य ६ विधामा अन्य चलचित्रले जित हासिल गरेका छन । फिल्म ‘पुअर थिङ्स’ले चार विधामा ओस्कार जितेको छ । पुअर थिङ्सका लागि एम्मा स्टोन उत्कृष्ट अभिनेत्री बनिन । बार्बीका बिली इलिस र फिनिस ओ’कोनेलले उत्कृष्ट मौलिक गीतको लागि ओस्कार जितेका छन । डा भिन जोय रानडोल्फले द होल्डोभर्सका लागि सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड जितेका छन । ‘वार इज ओभर’ उत्कृष्ट एनिमेटेड सर्ट फिल्म बनेको छ । ‘अमेरिकन फिक्सन’ले बेस्ट एडाप्टेड स्क्रिनप्लेको लागि ओस्कार अवार्ड पाएको छ ।

प्रतिक्रिया