यमनमा हुथी विद्रोहीको आक्रमणवाट तीन सदस्यको मृत्यु,  एक नेपाली गार्डको अवस्था अज्ञात

यमनको एक कार्गो पानी जहाजमा हुथी मिसाइल आक्रमणवाट चालक दलका दुई जना सदस्य मारिएका छन । व्यापारीक पानीजहाजहरूमा हुथी विद्रोहीको आक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । घटनामा परि चालक दलका ६ जना सदस्य घाइते भएका छन् । जहाजमा एक भारतीय, चार भियतनामी र १५ फिलिपिनो नागरिकसहित २० जनाको चालक दल थियो । जहाजमा रहेका दुई जना श्रीलंकन र एक जना नेपाली सुरक्षा गार्डको अवस्था खुल्न बाँकी रहेको छ  । क्यारेबियन टापु बार्बाडोसको झण्डा लगाइएको ‘ट्रु कन्फीडेन्स’ नामको पानी जहाज हिन्द महासागरस्थित अडेनको खाडीमा आइपुग्दा हुथी विद्रोहीले आक्रमण गरेका हुन । हुथीहरूले पछिल्लो समय गाजापट्टीमा इजरायल र हमास बीचको युद्धमा प्यालेस्टाइनीहरूलाई समर्थन गर्न पश्चिमा कार्गोहरुलाई निशाना बनाइरहेका छन । 
 

प्रतिक्रिया