इजरायलसँग तत्काल युद्धविराम गर्न हमासलाई अमेरिकाको आह्वान

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलसँग तत्काल युद्धविराम स्वीकार गर्न हमासलाई आह्वान गरेका छन् । हमास लडाकुहरूले कायरोमा कतारी र इजिप्टका मध्यस्थकर्तासँग भेट गरेको सन्दर्भमा अमेरिकी विदेशमन्त्रीको यो धारणा सार्वजिनक भएको हो । वाशिङ्टनमा कतारका प्रधानमन्त्रीसँगको भेटमा अमेरिकी विदेशमन्त्रीले द्वन्द्वको स्थायी समाधानका निम्ति हमास लडाकुहरूले निश्चित शर्तसहित अगाडि बढ्नुपर्ने धारणा पनि सार्वजनिक गरेका छन । तत्काल युद्धविरामले बन्धकहरूलाई घर ल्याउन सक्छ, प्यालेस्टिनीलाई मानवीय सहायताको मात्रामा व्यापक वृद्धि गर्न सक्नेपनि ब्लिन्केनको भनाइ छ । 

प्रतिक्रिया