तेस्रोपटक सर्किट लागेर सेयर बजार बन्द

शेयर बजारमा तेस्रो सर्किट ब्रेकसँगै आज दिनभरीको कारोबार बन्द भएको छ । सोमबार नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आज दिनभरीका लागि कारोबार बन्द भएको हो । सोमबार कारोबार सुरु भएको तीन मिनेटमै बजारमा पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार खुलेको एक मिनेटमै दोस्रो सर्किट ब्रेक लाग्यो । त्यसपछि पनि बजार खुल्नासाथ तेस्रो सर्किट ब्रेक लागेर आजका लागि कारोबार स्थगित भएको हो । आज बजार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि बन्द भएको थियो । सेयरबजार खुलेको १ घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले वृद्धि भएमा २० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ । पहिलो सकिर्टपछि शेयर बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो । दोस्रो सर्किटपछि खुलेको १ मिनेट अर्थात ११ बजेर २४ मिनेटमै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो । नेप्सेका अनुसार शेयर बजार खुलेको ३ घण्टाअघि नेप्से परिसूचक ५ प्रतिशतले बृद्धि भएमा कारोबार ४० मिनेटका लागि बन्द हुने गर्दछ । दोस्रो सर्किट ११ बजेर २६ मिनेट लाग्दासम्म ६ लाख ४१ हजार ६८२ कित्ता सेयरको खरिदबिक्री हुदा २६ करोड ३७ लाख १ हजार रुपैयाँको कारोबार भएको थियो । दोस्रो सकिर्ट ब्रेक खुलेको एक मिनेट नहुदै तेस्रो सर्किट ब्रेक लगेको हो । तेस्रो सकिर्टमा नेप्से परिसूचक १ सय १७ दशमलब ७० अंकले बढेर २०७८ बिन्दुमा अडिएको छ । शेयरबजार खुलेको एक घण्टाअघि नेप्से परिसूचक ४ प्रतिशतले बढ्दा २० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ भने २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि कारोबार बन्द र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबार नै बन्द हुने गर्दछ । यसअघि गत मंसिर २५ गते पनि बजारमा यस्तो सर्किट ब्रेक लागेको थियो ।
 

प्रतिक्रिया