देशका लागि प्रतिनिधित्व गर्न पाउनु ठूलो गौरव: सावित्रा भण्डारी ‘साम्बा’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडि सावित्रा भण्डारी ‘साम्बा’ले देशका लागि प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि सबैभन्दा ठूलो गौरव भएको बताएकी छन् । वाफ महिला च्याम्पियनसिपको फाइनल खेलअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले देशको लागि खेल्न पाउनु गर्वको विषय भएको बताएकी हुन । नेपालले उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेको स्मरण गराउँदै भण्डारीले प्रतिद्वन्द्वी कठिन भए पनि नेपाली टोलीले उपाधि घर लिएर जाने विश्वास व्यक्त गरेकी छिन । खेलाडीको रूपमा मैदानमा नभए पनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुने उल्लेख गर्दै उनले टोलीको गोलमा खुसी मनाउन आतुर रहेको बताएकी छन । फुटबलमा आफूले व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्ने उनको भनाइ छ । क्लबले सधैं आफ्ना लागि सहज वातावरण बनाइदिएको भन्दै भण्डारीले यसपटक पनि फिफाले तोकेकोभन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाइदिएकोमा आभार प्रकट गरेकी छिन । प्रतियोगिताको समूह चरण र सेमिफाइनलका खेलहरु फिफा विन्डो भित्र परे पनि फाइनल भने पर्दैन । त्यसैले सम्झौता अनुसार क्लब फुटबलका लागि सावित्रा फाइनल नखेलेर फ्रान्स फर्केकी हुन । 

प्रतिक्रिया