वाफ महिला फुटबलको फाइनलमा आज नेपाल जोर्डन भिड्दै

नेपालले आज साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन वाप च्याम्पियनसिप फुटबलको फाइनलमा जोर्डनसँग खेल्दैँछ ।जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राती ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपालले सेमिफाइनलमा लेबनान तथा जोर्डन प्यालेस्टाइनलाई पराजित गर्दै फाइनलमा पुगेका हुन । तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम रहेको छ । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औं स्थानमा रहेको छ । जोर्डन वाफ च्याम्पियनसिपको साविक समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि बिजेता राष्ट्र हो । त्यसैगरी नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५औ स्थानमा रहेको छ । प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको हो । 
 

प्रतिक्रिया