सोमबारसम्म गाँजामा इजरायल र हमास युद्धविराम हुन्छ: राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी हप्ताभित्र इजरायल र हमासबीच युद्धविराम हुने बताएका छन् । अमेरिकाको न्यूयोर्कमा भएको एक अन्तरक्रियात्मक कार्यक्रममा बाइडेनले युद्धविरामका लागि प्रयास जारी रहेको भन्दै आगामी सोमबारभित्र युद्धविराम हुने बताएका हुन । बाइडेनले आफ्ना सुरक्षा सल्लाहकारले आफूहरु युद्धविरामको नजिक रहेको बताएको उल्लेख गर्दै उनले सोमबारभित्र युद्धविराम हुने विश्वास व्यक्त गरेका हुन । अमेरिकी अधिकारीहरुका अनुसार हमासको कब्जामा रहेका इजरायली बन्धकको रिहाइको सहमति भइसके पनि इजरायली सेना गाजाबाट फिर्ता हुने विषयमा कुरा मिल्न बाँकी रहेको छ । फ्रान्सको राजधानी पेरिसमा अमेरिका, इजिप्ट र इजरायली गुप्तचर प्रमुखहरुबीच भएको छलफलमा हमासले इजरायली सैनिकको पूर्णफिर्तिलाई प्रमुख मुद्दा बनाएको बारे जानकारी गराइएको थियो । यसअघिको युद्धविराममा हमासले इजरायलमा रहेका प्यालेस्टाइनी बन्दीको रिहाइलाई आफ्नो मागका रुपमा अघि सारेको थियो । तर, अहिले इजरायली सैनिकको फिर्तीको मागले युद्धविराममा सहमति जुटन बाँकी रहेको छ । इजरायल आफै भने युद्धविराम गर्न चाहेको छैन ।  गाजा पूर्णरुपमा हमासमुक्त बनाउने र नयाँ प्रशासनसहितको सहर बनाउने योजना उसको छ ।
 

प्रतिक्रिया