मुलुकको अर्थतन्त्र सुधारिदै गएको छ: मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले मुलुकको अर्थतन्त्र सुधारिदै गएको दाबी गरेका छन् । शुक्रबार प्रेस सेन्टर सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री किराँतीले बिग्रिएको अर्थतन्त्रलाई सरकारले सुधार्ने काम गरेको दाबी गरेका हुन् । उनले सरकार अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याएर संवृद्धिको आधार तय गर्न लागिपरेको पनि बताए । 
मन्त्री किराँतले शान्ति प्रक्रिया टुंगोमा पु¥याउने सरकारको लक्ष्य अनुरुप सबै पक्ष छलफलमा जुटेको पनि बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा लड्ने सबै शक्तिहरु एकै ठाउँमा उभिएर राष्ट्रिय सहमतिको सरकार बनाउन सके जनताका लागि लाभदायक हुने तर्क समेत गरे । 
मन्त्री किराँतीले शुक्रबारै सुनसरी उद्योग वाणिज्य सघको आयोजनामा धरान १६ रंगशालामा शुरु भएको ‘धरान एक्स्पो २०८०’ को समेत उदु्घाटन गरे । हस्तकला, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्राथमिकतामा राखेर निकासी र पैठारी गर्ने उद्देश्यका साथ शुरु भएको एक्स्पोमा विभिन्न प्रकारका १ सय ५० भन्दा बढी स्टल रहेका छन् ।

प्रतिक्रिया