अमेरिकी अन्तरिक्ष यान ओडिसस चन्द्रमाको सतहमा सफल अवतरण

अमेरिकी अन्तरिक्ष यान ओडिसस चन्द्रमाको सतहमा सफल अवतरण गरेको छ । निजी अमेरिकी कम्पनी इन्टुएटिभ मसिनद्वारा प्रक्षेपण गरिएको मानवरहित यो यान बिहीबार साँझ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको हो । सन् २०२५ मा नासाको आर्टेमिस कार्यक्रमले मानिसहरूलाई चन्द्रमामा पठाउनु अघि चन्द्रमाको सतहबारे थप अध्ययन गर्न यो यान पठाइएको हो ।  यानमा विभिन्न वैज्ञानिक उपकरणहरु जडान गरिएको छ । यसले चन्द्रमामा पानीको सतह र संभवनाबारे अध्ययन गर्नेछ । साथै यो यानमा जडान गरिएका रेडियो तथा सेन्सर उपकरणहरुले भविष्यमा अन्य यानलाई अवतरण गराउने सहयोग गर्ने बताइएको छ । यो सन् १९७२ मा ‘अपोलो १७’ पछि चन्द्रमामा अवतरण गर्ने पहिलो अमेरिकी यान हो ।  चन्द्रमाको सतहमा अवतरण गर्ने यो पहिलो नीजि कम्पनी पनि हो ।

प्रतिक्रिया