गाँजामा युद्धविराम गर्नुपर्ने सुरक्षा परिषदको प्रस्तावमा अमेरिकाद्वारा भिटो प्रयोग

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अल्जेरियाले प्रस्तुत गरेको गाँजामा तत्काल युद्धविराम गर्नुपर्ने एक प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । १५ सदस्यीय सुरक्षा परिषदमा १३ राष्ट्रले अल्जेरियाले ल्याएका सो प्रस्तावको समर्थन गरेका थिए । तर, बेलायले भने भोटिङको प्रक्रियामा भाग लिएको थिएन । अमेरिकाले त्यसमा भिटो लगाएको हो । आफैँले ल्याएको अस्थायी युद्धविरामको अपिल गरिएको प्रस्तावपछि अमेरिकाले अल्जेरियाले सुरक्षा परिषदमा प्रस्तुत गरेको प्रस्तावमा भिटो प्रयोग गरेको हो । युद्धविरामको प्रस्ताव रोक्ने अमेरिकाको यो कदमको उसका सहयोगी राष्ट्रहरूले पनि निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरूलाई प्राप्त विशेषाधिकारलाई भिटो भनिन्छ । यो उनीहरूले कुनै प्रस्तावलाई छलफल हुनबाट रोक्नका लागि प्रयोग गर्न सक्छन् । अमेरिकी भिटोपछि यो प्रस्ताव पनि रोकिएको छ । यद्यपि, अमेरिकाले आफ्नो प्रस्तावमा रफाह क्षेत्रमा प्रवेश नगर्न इजरायललाई सचेत गराएको छ । इजरायलले भने रफाहमा प्रवेश गर्ने र १० मार्चसम्म सबै इजरायली बन्धकलाई छाड्न समयसीमा दिएको छ । 

प्रतिक्रिया