नेपाली धावक गोपीचन्द्र पार्कीले लण्डन म्याराथनमा भाग लिने

नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले टीसीएस लण्डन म्याराथनमा भाग लिने भएका छन् । मंसिर ९ गते भएको नवौं धारा म्याराथनको विजेताको रुपमा गोपीले सो अवसर पाएका हुन् । लण्डन म्याराथन आगामी अप्रिल २१ अर्थात वैशाख ९ गते हुँदैछ । नेपालगन्ज म्याराथनले आज एक कार्यक्रम गर्दै गोपीको सहभागिताबारे विशेष घोषणा गरेको हो । पहिलो पटक लण्डन म्याराथनमा सहभागि हुन लागेका गोपीचन्द्र पार्कीले आफ्नो लागि यो ठूलो अवसर भएको र राम्रो प्रदर्शन गर्ने बताएका छन । नेपालगन्ज म्याराथनको रनिङ पार्टनर नेपाल रन यूकेको सहकार्य र सहयोगमा पार्कीको लन्डन म्याराथनको सहभागिता पक्का भएको हो । नेपालगन्ज म्याराथनकै दौरान नेपालगन्ज म्याराथनको आयोजकले यस संस्करणको विजेतालाई यसपटकको टिसिएस लण्डन म्याराथनमा सहभागी गराउने घोषणा गरेको थियो । २०८० मंसिर ९ गते भएको नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका थिए । उनले २ घन्टा २१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरेका थिए ।
 

प्रतिक्रिया