निक्षेप फिर्ताको आश्वासन पूरा नभएपछि सहकारी पीडित पुनः आन्दोलित

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पीडित बचतकर्ताको रकम फिर्ता गराउन सशक्त आन्दोलनको घोषणा गरेका छन । पीडितहरुले फागुन छ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुरुवात गर्ने भएका हुन । त्यस्तै फागुन आठ गतेबाट काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्ने र त्यसपछि देशैभरका पीडितले राजधानी केन्द्रित आन्दोलन गर्ने पीडितले बताएका छन ।
सरकारसँग गरेको सम्झौता कार्यान्वयनमा नआएको र चैत मसान्तसम्म सबै बचतकर्ताको रकम फिर्ता गराउने प्रतिवद्धता पुरा नभएपछि पीडित पुन सडक आन्दोलन गर्ने निस्कर्षमा पुगेका हुन । 
दुई सय ८९ सहकारीमा आबद्ध ७३ लाख भन्दा बढी निक्षेपकर्ताको रकम सहकारीले फिर्ता गरेका छैनन । यसअघि ६३ दिन आन्दोलनपछि सरकारले सात बुँदे सहमति गरेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया