आइसीसी लिग–टु खेल्ने राष्ट्रिय टोली सार्वजनिक

घरेलु मैदानमा बिहीबारबाट सुरु हुने आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग टुका लागि नेपाली टोलीका घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले क्यानडासँगको सिरिजमा उच्च प्रदर्शन गरेका अनिल शाहलाई समेट्दै १५ सदस्यीय टोली घोषणा गरेको हो ।  पहिलो सिरिज खेल्ने नेपाली टोलीमा अनिलकुमार शाह र देव खनालले प्रवेश पाएका छन । यसअघि वैकल्पिक खेलाडीका रुपमा रहेका अनिल र देव दुवै टिममा डेभ्यू गर्ने भएका हुन । अनिल र देवले केही दिन घरेलु मैदानमा भएको क्यानडाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन् ।  सन् २०२७ को विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको लिग–२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् । सम्पूर्ण खेलहरु कीर्तिपुरस्थित त्रिबि मैदानमा सञ्चालन हुनेछन् । गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकामा यसपटकको लिग–२ मा भने आठ टोली भिड्दैछन् । आठ टिमले कुल १ सय ४४ एकदिवसीय खेल खेल्नेछन् भने २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया