राष्ट्र बैंकद्धारा पाँच वटा मनीचेञ्जर कम्पनीको इजाजत रद्द

नेपाल राष्ट्र बैंकले पाँच वटा मनीचेञ्जर कम्पनीको इजाजत रद्द गरेको छ। बैंकले तोकेको प्रावधान अनुसार नवीकरण नगरेका पाँच मनी चेञ्जर कम्पनीको इजाजत रद्द गरेको बताएको छ । राष्ट्र बैंकले इजाजत रद्द गरेका कम्पनीमा फेयर मनी एक्सचेञ्ज काठमाडौं, न्यातपोल मनि एक्सचेञ्ज  भक्तपुर, कैलाश मनी एक्स्चेञ्ज काठमाडौंको इजाजत पत्र रद्द गरेको हो । त्यसैगरी इजाजतपत्र रद्द हुनेमा ग्रेस मनी एक्सचेञ्ज रसुवा र रुट नेपाल मनी एक्सचेञ्ज काठमाडौं पनि छन् । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गरेर इजाजतपत्र रद्द भएको जनाएको हो । राष्ट्र बैंकले मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको जनाएको छ ।। 

प्रतिक्रिया