रुविना बनिन शतक प्रहार गर्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी

नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुविना क्षेत्री नेपाली महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छन् । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज माल्दिभ्सविरुद्ध मात्र ५४ बलमा शतक पूरा गर्दै उनले नेपाली महिला क्रिकेटमा दुर्लभ इतिहास बनाएकी हुन । रुविना ५४ बलमा १० चौका र ३ छक्कासहित शतक पूरा गरेकी हुन । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला खेलाडीले प्रहार गरेको यो नै पहिलो शतक पनि हो । 
यसअघि सर्वाधिक रनको कीर्तिमान सीता रानामगरको नाममा थियो । उनले सन् २०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध ८२ रनको कीर्तिमान बनाएकी थिइन । नेपालले खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २ सय २७ रन जोडेको थियो  ।  यो स्कोर नेपाली महिला टिमको टी–२० मा अहिलेसम्मकै उच्च स्कोर हो ।  यसअघि नेपालको टी–२० महिला अन्तर्राष्ट्रियमा उच्च स्कोर १ सय ६४ रन थियो । 

प्रतिक्रिया