क्यानडासँगको एकदिवसीय क्रिकेटमा नेपाललाई १–० को अग्रता

पहिलो खेलमा क्यानडा ७ रनले पराजित

नेपालले क्यानडासँगको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा बिजयी शुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको हो । नेपालले प्रस्तुत गरेको २ सय २५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडा ४८ औं ओभरमा अलआउट हुँदै २ सय १७ रनमा समेटियो । क्यानडाका लागि निकोलस कृतनले ६८, प्रगत सिंहले ५०, हर्श ठाकरले ३२ र ओपनर आरोन जोनसनले २० रन बनाए । नेपालका लागि कप्तान रोहित पौडेलले ४, ललित राजवंशीले २, सोमपाल कामी, पवन सर्राफ, कुशल मल्ल र रिजन ढकालले १–१ विकेट लिए । त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै २ सय २४ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ६२, भिम सार्कीले १७, कुशल मल्लले २०, आरिफ शेखले ३८, पवन सरार्फले १५, सोमपाल कामीले २७, सुर्य तामाङले अविजित १० रन बनाए । क्यानडाका उदय भगवानले सर्वाधिक ३ तथा साद बिन जफर र इशवरजोत सोहीले समान २–२ तथा साहिद अहमदजई र हर्ष ठाकरले समान एक एक विकेट हात पारे । जितसँगै नेपालले तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ । सिरिज अन्तर्गतको दोस्रो खेल शनिबार हुनेछ । घरेलु मैदानमा डब्लूसीएल लिग टू अन्तर्गतका म्याच खेल्नुअघि नेपालले क्यानडालाई बोलाएर एकदिवसीय सिरिजको आयोजना गरेको हो ।।

प्रतिक्रिया