भारत यू–१९ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश

भारत बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ साफ यु–१९ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । आज भएको लिग चरणको अन्तिम खेलमा नेपालमाथि चार–शुन्यको सहज जित निकाल्दै भारत फाइनलमा पुगेको हो । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल रंगशलामा भारतलाई जित दिलाउन नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक गोल गरे । भारतले उपाधिका लागि घरेलु टोली बंगलादेशको सामना गर्नेछ । नेपाल, भारत, बंगलादेश र भुटानसम्मिलित प्रतियोगितामा लगातार दुई खेल जित्दै बंगलादेश फाइनलमा स्थान बनाइसकेको छ । उसले बलियो नेपाल र भारतलाई नै हराएको थियो । पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई १–० ले हराएको थियो ।  भारतले पहिलो खेलमा भुटानलाई १०–० ले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया