क्रिकेट संघद्वारा क्यानडाविरुद्धको तीन खेलको सिरिज तालिका सार्वजनिक

नेपालले क्यानडासँग खेल्ने तीन वटा एकदिवसीय सिरिज र आईसीसी विश्वकप लिग– २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि टोली घोषणा गरेको छ । टोलीमा प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी समेटिएका छन् ।क्यानडासँगको सिरिजमा आकाश चन्दले मौका पाएका छन् भने गुलशन झा बाहिरिएका छन । बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल दुवै सिरिजमा टोलीमा समेटिएका छन । सूर्य तामाङले टिममा पुनरागमन गरेका छन् । चोटका कारण विश्वकप गुमाएका हेमन्त धामी पनि क्यानडाविरुद्धको सिरिजमा छन् । त्यसैगरी रोहित पौडेल, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल र ललित राजवंशी टिममा छन् । प्रधानमन्त्री कपमा बेस्ट ब्याटर बनेका अनिल साह पनि टिममा परेका छन । लिग दुईका लागि अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, करण केसी र गुल्सन झाले टिममा स्थान बनाएका छन । नेपाल क्रिकेट संघ क्यानले क्यानडाविरुद्धको सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा माघ २५ गते पहिलो खेल हुने छ भने माघ २७ गते दोस्रो तथा माघ २९ गते तेस्रो खेल हुने क्यानले जनाएको छ । सबै खेल बिहान ९ बजेर १५ मिनेटदेखि हुनेछन । लिग दुईका खेल भने फागुन ३ गतेबाट सुरु हुनेछन् ।।
 

प्रतिक्रिया