इराकले गत जनवरीमा १०३ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गर्दै

काठमाडौं । इराकले गत जनवरीमा १०३ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ । इराकले जनवरीमा १०३ दशमलव ५ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो । जसबाट ८ दशमलव ०२५ बिलियन अमेरिकी डलर राजश्व जम्मा भएको छ । जनवरीमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ७७ दशमलव ५३ डलर रहेको थियो । मध्य र दक्षिणी इराकका तेल क्षेत्रहरूबाट बसराको बन्दरगाहबाट करिव १० करोड ब्यारेल र उत्तरी प्रान्त निनेवेहको कय्यारा तेल क्षेत्रबाट करिव १० लाख ब्यारेल निर्यात गरिएको हो । जनवरीमा ४ लाख ६४ हजार ३०६ ब्यारेल तेल छिमेकी मुलुक जोर्डनमा पठाइएको थियो । इराकको अर्थतन्त्र कच्चा तेलको निर्यातमा निर्भर छ । जसले देशको राजश्वको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।
 

प्रतिक्रिया