साफ च्याम्पियनसिप अण्डर १९ महिला टिमको बिदाइ

पहिलो खेलमा घरेलु टोली बंगलादेशको सामना गर्ने

बङ्गलादेशमा हुने यू–१९ साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकगविक्रम नेम्बाङसहितले एन्फा कम्प्लेक्स भएको कार्यक्रममा खेलाडीको बिदाइ गरेका हुन् । उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । २ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउन्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । नेपालले २ फेब्रुअरीमा घरेलु टोली बंगलादेशसँगको खेलबाट प्रतियोगिता सुरु गर्ने छ । फे्रबुअरी ४मा भुटानसँग खेल्ने नेपालले  फेब्रुअरी ६ मा भारतसित खेल्ने छ । प्रतियोगिताको उदाटन खेलमा भारत र भुटान आमने सामने हुनेछन् । यसपटक बंगलादेश, नेपाल, भारत र भुटानले सहभागिता जनाउँदा पाकिस्तान, श्रीलंका र माल्दिभ्स अनुपस्थित छन् ।  सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।। 
 

प्रतिक्रिया