प्रधानमन्त्री कप क्रिकेट: आर्मीद्वारा कर्णाली प्रदेश १६४ रनले पराजित

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेश विरुद्ध सानदार जित निकालेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णालीलाई १६४ रनले पराजित गरेको हो । आर्मीले दिएको २८० रनको लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा अलआउट हुँदै ११५ रनमा समेटियो । कर्णालीलाई सस्तैमा समेट्न आर्मीका कुशल मल्ल र विवेक यादवले समान ३–३, सोमपाल कामीले २ तथा शाहब आलमले एक विकेट लिए । कर्णालीका लागि हिमान्शु शाहीले सर्वाधिक १९, दिवन पुनले १८, बिपिन शाहीले १४, कप्तान रबिन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले समान १२ रन बनाए ।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनायो । आर्मीका लागि बिनोद भण्डारीले शतकीय इनिङ खेले । उनी अविजित १ सय रन बनाए । बसद अहमदले अविजित ९८,भिम शार्कीले २५, कुशल मल्ले २१, सन्तोष कार्कीले ११ रन बनाए । कर्णालीका लागि दिपेन्द्र रावतले २, प्रकाश जैशी, दिनेश अधिकारी र दिवन पुनले समान एक–एक विकेट लिए । जित संगै आर्मीले शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।  आर्मी ७ खेलमा १० अंक सहित तेस्रो स्थानमा उक्लिएको छ ।
 

प्रतिक्रिया